रुकुम चौरजहारी

अमेरिकाको ४७ औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी

कार्तिक २२

रुकुम आठ विसकोट

काठमान्डौ – अमेरिकाको ४७ औं राष्ट्रपतिमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प विजयी भएका छन।

हाल अमेरिकाकि उपराष्ट्रपति तथा डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराएर ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन।

जीतका लागि २ सय ७० इलेक्टोरल मत चाहिनेमा रिपब्लिकन उम्मेदवार ट्रम्पले २ सय ७९ इलेक्टोरल मत ल्याएका हुन।
यस्तै प्रतिस्प्रधि कमला ह्यारिसले २ सय २३ मत ल्याईन।

अमेरिकाकाे राष्ट्रपतिमा निर्वाचित हुन कुल पाँच सय ३८ मतमध्ये कम्तीमा दुई सय ७० इलेक्टोरल मत ल्याउनुपर्छ ।
यसअघि डोनाल्ड ट्रम्प सन् २०१६ मा पनि अमेरिकी राष्ट्रपति पदमा विजयी भएका थिए ।

त्यसबेला उनि हिलारी क्लिन्टनलाई हराउँदै पहिलाे पटक अमेरिकाकाे राष्ट्रपति बनेका थिए । ट्रम्प सन् २०२० मा भने जाे बाइडेनसँग पराजित भएका थिए ।

यसपटक अमेरिकामा इतिहासकै कडा प्रतिस्पर्धा हुने र अमेरिकी इतिहासमा पहिलो पटक महिला राष्ट्रपति चुनिने सम्भावना रहेको विश्लेषण भइरहेको थियो । तर डोनाल्ड ट्रम्पले सहजै चुनाव जितेका छन।

डेमोक्र्याट दलका किल्ला भनिएका राज्य र मतदाताले जुनसुकै बेला मत परिवर्तन गर्न सक्ने भनिएका राज्यमा ट्रम्पको बलियो उपस्थिति देखिएको छ ।