surkhet

हुम्लामा चार फिट सम्म हिउँ परेपछि स्थानिय घर भित्र बन्द

surkhet

हुम्ला – हुम्लामा शुक्रबारदेखि भारि हिमपात भएको छ। सदरमुकाम सिमकोटबजार क्षेत्रको सडकमा हिउँले ढाकिएका सवारीसाधनहरु देख्न सकिन्छ। यहाँ अहिले चार फिटसम्म हिउँ परेको स्थानीय बताउँछन।

उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको छ।हिमपातका कारण सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाका नागरिकको जनजीवन प्रभावित बनेको छ ।

Gorkha

हिमपात भइरहेकाले स्थानीय चिसोले घर बाहिर निस्कन सकेका छैनन् ।

Dailekh

हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ । हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो ।

किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराको भनाइ छ । यतिबेला परेको हिउँले बाली उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ। पुस १३

 

salyan