पूर्व सैनिकले गरे आफ्नै छोरी र भतिजाको खुर्पा प्रहार गरि हत्या

चितवन् – चितवनको भरतपुर महानगरपालिका-२५, दिव्यनगरमा एक पूर्व सैनिकले आफ्नै छोरी र भतिजाको खुर्पा प्रहार गरी विभत्स ह,त्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, डीएसपी रवीन्द्र खनालका अनुसार, आज बिहान करिब ९:५५ बजेको समयमा ४२ वर्षीय लीलाराज गिरीले सुरुमा आफ्ना दाइका छोरा, ५ वर्षीय साजन गिरीलाई खुर्पाले प्रहार गरेका थिए ।
त्यसको लगत्तै उनले आफ्नै ७ वर्षीया छोरी प्रभा गिरीमाथि पनि सोही खुर्पाले आक्रमण गरेकाे प्रहरीले जनाएकाे छ ।
खुर्पा प्रहारबाट साजनको घटनास्थलमै मृत्यु भएको थियो । गम्भीर घाइते भएकी छोरी प्रभालाई तत्काल चितवन मेडिकल कलेज पुर्याइएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका निर्देशक प्रताप देवकोटाले पुष्टि गरे ।
डीएसपी खनालले प्रारम्भिक अनुसन्धानमा भूपू सैनिक रहेका लीला गिरीको मानसिक अवस्था ठीक नरहेको जानकारी दिएका छन् ।
दुई बालबालिकाको हत्यापछि गिरीले आफैँलाई पनि सोही खुर्पाले हानेर आत्महत्याको प्रयास गरेका थिए । उनलाई पनि घाइते अवस्थामा चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । जेठ २
