सल्यान बनगाड कुपिनडेमा अहिले सम्म बस्न सकेन नगरसभा शिक्षकले तलब भत्ता नपाउदा आन्दोलनको तयारि ,,

रंग दर्पण सम्वाददाता ओम विकल ,,

कार्तिक १९ ,सल्यान – सल्यान बन्गाड कुपिन्डे नगरपालिकाका शिक्षक कर्मचारीले एक औपचारिक कार्यक्रम गरि आज विशेष छलफल गरेको छ। संघले सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा अहिले सम्म नगर सभा नबसी बजेट विनियोजन नगर्दा जनताले दु:ख मात्र हैन कर्मचारीले अहिले सम्म तलब भत्ता नपाएको जिकिर गरेको छ। संघले आज विशेष छलफल गरि नगरपालिकालाई ज्ञापन पत्र बुझायको छ ।जिल्ला कार्य समिति सल्यानका अध्यक्ष मधुसुदन गिरिको अध्यक्षतामा बैठक बसी नगरपालिकालाइ ज्ञापन पत्र बुझाईएको हो।

स्थानिय सरकार बनेपछि सल्यान बनगाड कुपिन्ड़े नगरपालिकाका ठुला भनाउदा हरुले आफ्नो हाईकम जामाएको संघले जानकारी गरेको छ ।मेएर उपमेरले आ -आफ्नो गुट बनाउने नगरसभा नबसी सम्पर्क बिहिन हुने गरेको भन्दै संघले आपति जनाएको हो। विद्यालय जस्तो अति संवेदनशिल छाता संगठनले अहिले सम्म जनता र विद्यार्थी हरुको हक हितको लागि काम गर्दै आयपनी कुनै सुनुवाई नभएपछि यो गर्न वाध्य भयको संघले बताएको छ। यति गर्दा पनि नगरपालिकाबाट कुनै सुनुवाई नभए ०७५ / ७ / २६ गते नगरपालिकाका जनपरतिनिधिलाई दबाबदिने र शैक्षिक सेवा बन्द गर्ने जानकारी गरेको छ ।कही नभएको जात्रा हाँडी गाँउमा भने जस्तो सल्यानमा देखिन्छ। फोटो साभार सुरेन्द्र खडकाको फेसबुकबाट ,, उँहा शिक्षक हुनुहुन्छ ,,

coming up next…

pleze flow our chanel rangadarpan.com ,rangadarpan entertainment

page : https://www.facebook.com/rangadarpan1/messages/