विदेशको याद आउछ यो चक्रपथको सडक हेर्दा ,,

कार्तिक २०, काठमाडौं – फोटोमा देखाईएको सडक हेर्दा धेरैलाई विदेशको याद आउन सक्छ। त्यो कुरा हो पनि ,किन कि हाम्रो देश नेपालमा यस्तो सडक कँहा देख्न पाउनु र ।अब भने केहि आशा पलाएको छ। चक्रपथको कोटेश्वर कलंकी खण्ड आठ लेनमा विस्तार गर्ने काम अन्तिम चरणमा छ । सडकको निर्माण अन्तिम चरणमा पुग्दै गर्दा यो खण्ड निकै आधुनिक स्वरुपमा देखिएको छ, झट्ट हेर्दा विदेशमा देखिने राजमार्ग जस्तै देखिन्छ ।

चीन सरकारको अनुदान सहयोगमा चक्रपथको यो खण्ड विस्तार भएको हो । चक्रपथको कुल लम्बाइ २७ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा १० दशमलव ३९ किलोमिटरको कोटेश्वर,कलंकी खण्ड विस्तारको काम अन्तिम चरणमा पुगेको हो ।हालसम्म कोटेश्वर, बागडोल र ग्वार्कोमा मात्र आकाशे पुल निर्माण भएको छ । एकान्तकुना, सातदोबाटो र सानेपामा आकाशे पुल बन्न बाँकी नै छ ।
सरकार र चीनको सांघाई कन्स्ट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच माघ ०७३ सम्ममा उक्त खण्डको विस्तार सक्ने सम्झौता थियो । ३ पुस ०६९ मा भएको सम्झौताअनुसार काम सम्पन्न गर्न भूकम्प र नाकाबन्दी बाधक बने ।सम्झौताबमोजिम भदौ ०७० देखि मात्र विस्तार थालिएको थियो ।खसीबजार, मनोहरा र बल्खुका दुई स्थानमा गरी आठ वटा पुल निर्माण गरिएको छ । चक्रपथमा हुने जामलाई कम गर्नका लागि कलंकीमा अण्डर पास बनाइएको छ । अब सडकको अन्तिम चरणको कालोपत्रे पनि सकिनै लागेको छ । यो सडक निर्माण भय चक्रपथ गौशलाको सडक जाम कम हुने जन विश्वास छ ।
