प्रधानमन्त्रीले देस र जनताको लागि सम्बोधन गर्दै राजिनामा दिने तयारि ,,

रंग दर्पण ३ फाल्गुन -प्रधानमन्त्री शेरबहादुर देउवाले आफुले राजिनामा दिने तयारि गरेको बतायका छन् । उनले बुधबार नै राजिनामा दिने र देस र जनताको नाममा सम्बोधन गर्ने तयारि गरेपनि निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य को मत परिणाम निकाल्न ढिला गरे पछि यो काम रोकियको थियो ।अब उनले छिटै राजिनामा दिने तयारी गरेका छन् बिहिबार ९ बजे मन्त्रिपरिषद को बैठक बोलाइयको उनका प्रेश सयोजक गोबिन्द परियारले बताय । यो अन्तिम मन्त्रिपरिषद बैठक हो यो बैठक सकिय लगतै देउवाले राजिनामा दिनु हुने उनले बताय ।
देउवा गत जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । तेस्रो चरणको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी लिएर चौथोपटक प्रधानमन्त्री बनेका देउवा यी दायित्व पूरा गरेर बाहिरिन लागेका हुन् ।

यसलाई पनि पढ्नुहोस

जाजरकोटमा प्रेसर कुकर विस्फोट, १ जना गम्भीर घाईते,

lekbesi

३ फागुन, जाजरकोट जिल्लाको भेरी नगरपालिका –२, तातापानीमा मासु पकाउँदै गरेको प्रेसर कुकर विस्फोट हुँदा १ जना गम्भीर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालया का अनुसार मासु पकाउँदै गरेको प्रेसर कुकर बम विस्फोट हुँदा ३० वर्षीय गोविन्द बाँठा गम्भीर घाइते भएका हुन् ।
उनको आँखामा गहिरो चोट लागेको छ । जिल्ला अस्पताल जाजरकोटमा उपचारका लागि लगिए पनि त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको जिल्ला अस्पताल जाजरकोटले जनाएको छ ।