Gold

कंसाकार भन्छन पाँच लाख चन्दा मागे पाँच हजार दिन्छु भन्दा मोसो दले ,,

Naumule Migrate

पुस २० ,काठमाडौं – नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले पाँच लाख माग्दा नदिँदा आफूलाई मोसो दलिएको बताएका छन्। शुक्रबार अपरान्ह ४ बजे मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का कार्यकर्ताले मागेको पैसा नदिँदा मोसो दलेको उनको भनाइ छ।कंसाकारकाले वैद्य समूहका दुईजना कार्यकर्ताले कार्यालयभित्रै मागेको पैसा दिन नसक्दा मोसो दलेको स्वीकार गरे ।

‘शुक्रबार पार्टीको कार्यक्रमका लागि पाँच लाख रुपैयाँ चाहियो भन्दै दुईजना कार्यालयमै आएका थिए’, कंसाकारले रङ्ग दर्पणसंग भने, ‘मैले पाँच लाख त हैन मेरो गोजीमा पाँच हजार छ त्यही दिन्छु भनेको थिएँ। त्यसपछि कालो मसी छर्किएर भागे। गार्डले समाउन खोज्दासमेत उनीहरु उम्किएको कंसाकारको भनाइ छ।

निगमले वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै क्रान्तिकारी माओवादी निकट युवा लिगका सदस्यले कंसाकारलाई कार्यकक्षमै पुगेर मोसो दलेका हुन्। ‘क्रान्तिकारी माओवादीले दलाल, तस्कर र भ्रष्टारविरुद्धमा देशभर अभियान चालेको छ’, गजुरेलले भने, ‘यही अभियान अन्तर्गत कंसाकारलाई मोसो दलिएको हो।

कंसाकारले पैसा मागेको भनेर गलत हल्ला फैलाएको क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरिकृष्ण गजुरेको भनाइ छ। उनले कंसाकारको यो भनाइप्रति आपत्ति जनाए। ‘हामीलाई पैसासँग कुनै सरोकार छैन’, उनले भने, ‘यस्ता कुराको पछाडि लाग्नु आवश्यक छैन, किनकी यो अनावश्यक कुरा हो।

शुक्रबार अपरान्ह ४ बजे कार्यकक्षमै पुगेर युवा लिगका सदस्यले कंशकारलाई मोसो दलेको गजुरेलको भनाइ छ। क्रान्तिकारी माओवादी निकट युवा लिग नेपालका सदस्यले भ्रष्टाचारविरुद्धको अभियान अन्तर्गत कंसाकारलाई मोसो दलेको गजुरेलले प्रष्ट पारेक छन् ।

Naumule Badhipahiro