मन्त्रले सचिवलाई झापड हाने पछि छानबिन समिति गठन ,,

पुस २९ ,जनकपुर – प्रदेश २ को मन्त्रिपरिषद् बैठकले मन्त्रीले सचिवमाथि कुटपिट गरेको घटनाको छानबिनका लागि समिति गठन गरेको छ।
छानबिन समितिको सदस्यमा योजना मन्त्रालयका प्रमुख सचिव र मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव सदस्य रहेको प्रमुख सचिव दिपक सुवेदीले जानकारी दिए।

आइतबार दिउँसो बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेद्र यादवको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो।

आइतबार दिउँसो आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा झापड हानेका थिए।
मन्त्रीले भने आफुले नहानेको भन्दै ,उल्टै प्रहरीलाई जानकारी गरेर सचिवलाई पक्राउ गर्न लगाएका छन् ।सचिव विद्यानाथ झाले भने आफुलाई हानेको भन्दै रुदै पत्रकार संग बोलेको भिडियो सार्वजानिक भयको छ ।
