१४ दिनको अल्टिमेटम संगै मेलम्चीको ठेक्का रद्द गर्दै सरकार ,
माघ,६ काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द गर्ने सरकारले घोषणा गरेको छ । आइतबार ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन ) जारी गर्दै सरकारले ठेक्का तोडेको घोषणा गरेको हो ।
मेलम्चीको ठेक्का लिएको इटालियन ठेकेदार कम्पनी सीएमसीलाई १४ दिने अल्टिमेटम गर्दै सरकारले तोकेको समयमा नआय स्वत रद्द हुने परिपत्र जारि गरेको छ।
मेलम्ची खानेपानी आयोजनाका अनुसार सीएमसीलाई आइतबार नै किन ठेक्का रद्द नगर्ने भन्दै ठेक्का रद्द गर्ने आशयको जानकारी पठाइएको छ । यदि दुई हप्तासम्म पनि उसले सरकारलाई चित्तबुझ्दो जवाफ दिएर काममा नफर्किए ठेक्का सम्झौता रद्द भएको जानकारी गराउने आयोजनाका उपप्रमुख रामप्रसाद कँडेलले जानकारी दिए ।
सरकारले अन्तिम समयसम्म पहल गर्दा पनि सीएमसी वार्तामा नै नफर्किएपछि सम्झौता रद्द गर्न प्रक्रिया अघि बढेको हो । अब सीएमसी काममा नफर्किए सीएमसीको अढाई अर्ब धरौटी पनि जफत हुनेछ ।
सरकारले नयाँ वर्षमा काठमाडौंमा पानी ल्याइपुर्याउने उद्देश्यसहित काम भइरहेको बताइरहँदा वित्तीय संकटमा फसेपछि सीएमसीले मेलम्चीको साइट छाडेको थियो । उसले सरकारलाई ठेक्का तोड्ने आशयसहितको पत्र दिएपनि सरकारले बुझको थिएन ।
यस्तो अवस्थामा अंग्रेजी नयाँ वर्षपछि पुनः काममा फर्किने गरी सीएमसीका अधिकारीहरु विदेश उडेका थिए । इटालियन दूतावासले उनीहरुलाई फिर्ता ल्याउने प्रतिवद्धता जनाए पनि उनीहरु फर्किएनन् ।
सरकारले ठेक्का रद्द भएपछि फेरि नयाँ प्रक्रियाकार्फत ठेक्का गरेर बाँकी काम सम्पन्न गर्नुपर्नेछ । अब त्यसका लागि मात्रै करिब ६ महिना समय लाग्ने आयोजनाका अधिकारीहरु बताउँछन् ।
खानेपानि मन्त्रि बिना मगरले दशैँ अगाडी मेलम्चीको पानि काठमान्डौ ल्याउने प्रतिवद्दता जाहेर गरिकी थिइन तर त्यो सम्भव भयन।