रुकुम चौरजहारी

गाँजा खुलेपछि अमेरिका-मेक्सिको सीमा अपराधमा कमी

रुकुम आठ विसकोट

रंग दर्पण २ माघ २०७४-  अमेरिकी राज्यहरूमा गाँजा खोल्ने क्रम बढेपछि अमेरिका–मेक्सिको सीमा क्षेत्रमा हुने अपराध कम भएको एक अध्ययनले देखाएको छ।

मेक्सिकोसँग सीमा जोडिएका क्यालिफोर्निया लगायत राज्यमा गाँजा वैधानिक भएपछि १३ प्रतिशत अपराध कम भएको पाइएको हो

गाँजा खुला गर्दा अमेरिकामा हुने अपराधमा पर्ने असरबारे ‘द इकोनोमिक जर्नल’ ले गरेको अध्ययनले यो नतिजा दिएको हो।

अमेरिकामा प्रयोग हुने गाँजाको ठूलो परिमाण मेक्सिकोबाटै आउँछ। त्यहाँ मुख्यतया सातवटा समूहले अवैधानिक लागुऔषध कारोबार गर्दै आएका छन्। यसमा गाँजा मुख्य छ।

‘अहिलको कानुनले स्थानीय किसानलाई गाँजा खेती गर्ने अनुमति दिन्छ। उनीहरूले उत्पादन गरेको गाँजा कानुनी रूपमै आधिकारिक पसलमा बेच्न सक्छन्,’ अर्थशास्त्री तथा शोधमा सहभागीमध्ये एक इभेलिना ग्याभ्रिलोभाले भनिन्, ‘यसले अवैधानिक लागुऔषध कारोबारीलाई निरुत्साहित गर्छ। किसानले गाँजा कारोबारमा प्रतिस्पर्धा गर्न सक्ने भएकाले अवैधानिक कारोबार कम भएको छ। र, हुँदै जानेछ।’

क्यालिफोर्नियामा गाँजा खुला भएपछि आधिकारीक केन्द्रमा गाँजा बिक्री गरिदैँ। तस्बिरः एपी

अवैधानिक कारोबार कम भएसँगै यससँग सम्बन्धित अपराध कम भएको हो।

‘अवैधानिक कारोबारी आफूजस्तै अर्को कारोबारीसँग प्रतिस्पर्धा गरिरहेको हुन्छ। बिक्री गर्ने इलाकाका निम्ति लड्छ। त्यस्तै अर्काले राखेको गाँजा चोर्छ र आफैं बेच्न खोज्छ। यी सबै प्रक्रियामा उनीहरूबीच झगडा सिर्जना हुन्छ, जसले अपराधको स्वरूप लिन जान्छ,’ ग्याभ्रिलोभाले प्रस्ट्याइन्, ‘यस्ता अपराध लुकाउन पनि उनीहरूले थप अपराध गर्छन्।

मेक्सिकोका त्यस्ता संगठित कारोबारीले कोकिन, हिरोइन, मेथामफेटामाइनजस्ता लागुऔषध पनि कारोबार गर्छन्। यसमा सबभन्दा धेरै गाँजा नै हो। यसबाट धेरै नाफा हुने भएकाले उनीहरू यसैमा बढी ध्यान दिन्छन्। मेक्सिकोमा करिब आधा किलो गाँजा उत्पादन गर्न ७५ डलरभन्दा बढी लागत लाग्छ। यति लागतमा उत्पादित गाँजा गुणस्तरअनुसार ६ हजार डलरसम्म बिक्ने गरेको छ।