होलि खेल्दा हास्य कलाकार किरण केसी लाई कसले हान्यो चड्कन ,,
रंग दर्पण १७ फागुन- हास्यकलाकार किरण केसी अहिले पनि होली भनेपछि औधि रमाउछन । फागुलाई रंगीन पर्व मान्ने उनी दिनभर रंग खेलेरै बिताउँछन् । तन्नेरी हुँदाको त के कुरा । लुकेर केटीहरुलाई पानी छ्याप्नेदेखि अनुहारमा अबिर दलेर भाग्ने काम उनले पटक–पटक गरे ।
केसी भन्छन् ‘त्यसरी होली खेल्दा सार्है रमाईलो लाग्थ्यो ।’
”त्यही रमाइलो गर्ने क्रममा उनले एउटी युवतीको दर्हो झापड भेटे । उक्त घटना केसीले अझै बिर्सेका छैनन् ।
‘त्यस्तो कुरो मैले कहाँ सजिलै बिर्सन्छु, अहिले पनि घटना सम्झँदा गाला रनन भए जस्तो हुन्छ,’ उनले भने ।
कुरो २७ वर्ष अगाडीको हो । तत्कालिन इमाडोल गाबिस वडा नं. २२ मा एउटी केटी निकै राम्री थिइन् ।
कहिले होली आउला र उनलाई रंग दलुँला भनेर बसेका थिए, केसी । होली आयो । मौका पारेर केटीलाई समातेर अनुहारभरी रंग दलिदिए । उनले सोचेका थिए, केटीले मेरो गाला पनि उसैगरी दलिदेली । तर, केटीले उनको गालामा रंग दलिनन्, कसेर चड्कन हानिन् ।
केसी भन्छन्, ‘त्यो चडकन खाएपछि मैले थाह पाएँ कसैलाई पनि जबर्जस्ती रंग दल्न हुँदो रहेनछ ।’
त्यसपछि आजसम्म कसैलाई इच्छाविपरित रंग दलेका छैनन् उनले । र, आग्रह गर्दै भन्छन्, ‘यो खुसीको पर्व हो इच्छाविपरित कसैलाई पनि केही नगरौं ।’