करिश्माको बाटो अब क्याम्पस कि राजनीति ,,
हिजोको दिनमा फलामे ढोका भनेर चिनिने एसएलसीलाई भन सरकारले यतिखेर एसईई भनेर संचालन गरेको छ । एसईईलाइ ग्रेडिङ्मा संचालन गरेपछि विद्यार्थीलाइ पास गर्नपनि सजिलो भएको छ।
हिजो यानिकि बिहिबार सार्वजानिक भएको एसईईको नतिजा सार्वजानिक भएपछि सबै खुसि छन् । एसईईपछीको गन्तब्य कता भन्नेहो भने सबैको क्याम्पसनै हो।
कतिपय भने टेक्निकलतिर अगाडी बढ्ने गर्दछन ,सबैको आ आफ्नो मार्ग होला नायिका करिश्मा मानन्धरले पनि एसईईमा बी प्लस ल्याएर उत्तिर्ण भइन् ।
करिश्मा विगतदेखि नँया शक्ति पार्टीमा आवद्द छिन, तर अब भने नँया शक्ति पार्टी परिवर्तन भएर समाजवादी पार्टी बनेको छ।
समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराइ र उनको सम्बन्ध राम्रो भएपनि पछिल्लो समयमा उनीहरुविच पार्टीमा तेती सक्रियता देखिदैन । डा. बाबुराम भट्टराईका अनुसार करिश्मा विगत २ वर्षदेखि राजनीतिमा सक्रिय नभएको जानकारी छ ।
भने पार्टीमा उचित स्थान नभएकाले राजनीतिमा सक्रिय रुपमा नलागेकोकरिश्मा बताउछिन । भट्टराईका अनुसार २ बर्षदेखि उहाँ राजनीतिमा सक्रिय हुनु भएको थिएन ।
उहाँले १२ कक्षासम्म पढ्छु भन्नु भएको छ । यसैले एक प्रकारले भन्नुपर्दा उहाँलाई छुट्टी दिइएको हो ।तर करिश्माले त्यो कुरा अस्विकार गरिन ‘सही कुरा सही ठाउँमा हुनुपर्छ । सही कुरा गलत ठाउँमा भयो त्यसको महत्व हुँदैन ।
मानिसमा असम्भव भने केहि हुँदैन मैले राजनीति गर्न नसक्ने पनि होइन राजनीति गर्नलाई पढाई चाहिन्छ तेही भएर मैले पढाईलाइ अगाडी बढाएको छु ।
एसईईमा पास भएपछि आफूले अध्ययन गरेको त्रिवेणी सामुदायिक विद्यालयमा करिश्मा खुशी साट्न पुगेकी थिइन् । उनले सबैलाई खुसियालीमा लड्डु बाडेकि थिइन् ।
साथै उनलाई महंगो कलेजबाट पढ्नलाई अफर आयोको समेत बताउदै आफुले सरकारी क्याम्पस पढ्ने समेत बताईन ।