Gold
Bangad salyan

वीव्याई सिटी नेपाल’ राजधानीमा आयोजना हुने ,,

नेपालमा ‘वीव्याइ सिटी नेपाल’ आयोजना हुने भएको छ । काठमान्डौको लैनचौरमा यो कार्यक्रम हुने बुधबारको पत्रकार सम्मेलनमा जानकारी गरिएको छ।

सम्मेलनमा हिपअप फाउण्डेसन, गोविन्द एजुकेशनको आयोजनामा वीव्याइ सिटी नेपाल हुने जानकारी दिइएको थियो । कार्यक्रम विगत दुई वर्षदेखि संचालनमा आइरहेको वीव्याइ सिटी नेपाल’का संयोजक दीपेश थापाले यो कार्यक्रम जानकारी दिए ।

कार्यक्रममा एसियाका विभिन्न देशका प्रतिनिधिसमेत कार्यक्रमको उद्घाटन सत्रमा आउने जानकारी दिइएको छ ।वीव्याइ सिटीमा उपाधि जित्ने समूहले नेपालको प्रतिनिधित्व गर्दै एसियन क्वालिफायरका लागि ताइवान जाने अवसर पाउनेछन् ।

यो प्रतिस्पर्धामा चीनका एलेक्स, नेपालबाट प्रिन्स कानेकी, भारतका सान, थाइल्याण्डबाट डिजे जेक्स निर्णायकका रूपमा रहनेछ ।

वीव्याइ सिटी नेपालले लुकेर रहेका युवाहरूको क्षमतालाई अन्तरराष्ट्रि यस्तरमा पुर्याउन लागेको जानकारी पत्रकार सम्मेलनमा दिइएको थियो ।

हाम्रो मुख्य उद्देश्य भनेको हिपहपको माध्यमबाट विश्वमा नेपाली पहिचान स्थापित गर्नु हो संयोजक थापाले भन्छन । कार्यक्रमका लागि नेपालमा विभिन्न देशका डिजेहरु पनि उपस्थित हुनेछन् ।