रुकुम चौरजहारी

उम्मेदवारी दिन विद्या भण्डारी लाई राष्ट्रपतिबाट राजीनामा दिनु नपर्ने ,

रुकुम आठ विसकोट

रंग दर्पण २३ फागुन, काठमाडौं : राष्ट्रपति पदको उम्मेवारी दर्ताका लागि बहालवाला राष्ट्रपति विद्यादेवी भण्डारी आफैं जाने शीतल निवास स्रोतले जनाएको छ ।
नेकपा एमालेले भण्डारीलाई पुनः राष्ट्रपति बनाउने निर्णय मंगलवार मध्यरातमा गरेको थियो । उम्मेदवारी दर्ताका लागि विहान १० देखि २ बजेसम्मको समय तोकिएको छ र संसद भवनमा निर्वाचन कार्यालय खोलिएको छ ।

राष्ट्रपति भण्डारीले उम्मेदवार दिनुअघि राजीनामा गर्नुपर्ने कि नपर्ने भन्ने प्रश्न उठाठेको छ । तर, ‘हेड अफ द स्टेट कहिल्यै पनि खाली नहुने भएकाले उम्मेदवारी दिँदा राजीनामा दिनुनपर्ने भएको शीतल निवास स्रोतले बताएको छ । भण्डारीको उम्मेदवारी मनोनयनका क्रममा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड लगायतका नेता पनि उपस्थित हुनेछन् ।