Gold
Bangad salyan

असोज १० देखि नयाँ नोट वितरण गरिने ,

भदौ ३१ ,काठमान्डौ – प्रतेक वर्ष जस्तै राष्ट्र बैंकलेले यो वर्षको लागि पनि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको छ ।

असोज १० गतेदेखि नयाँ नोट वितरणका लागि आन्तरिक तयारी पूरा भइसकेको राष्ट्र बैंक स्रोतले बताएको छ ।

राष्ट्र बैंकले यो वर्ष १३ अर्ब रुपैयाँभन्दा केही बढी नयाँ र सुकिला नोट वितरण गर्ने योजना बनाएको छ। गत वर्ष राष्ट्र बैंकले करिब १३ अर्ब रुपैयाँ बराबर नोट बाँडेको थियो।

बैंक तथा वित्तीय संस्थालाई भने असोज पहिलो सातादेखि नै नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ।

एक साता छिटो नयाँ नोट लिएपनि सर्वसाधारणका लागि बैंक तथा वित्तीय संस्थाले पनि असोज १० देखि नै नोट बाँड्नेछन्। यो वर्ष पनि राष्ट्र बैंकले ५, १०, २०, ५०, १००, ५०० र हजार दरका नोट वितरण गर्न लागेको हो।