नेकपा सी पथ मा हिड्यो भन्नेहरु अबौद्धिक हुन् प्रधानन्त्री केपी ओली ,,
असोज १६ , काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सी पथ अनुशरण गर्यो भनिनुको कुनै अर्थ नभएको बताएका छन् ।
बल्कि यस्तो नेकपा सी पथमा गयो भनेर भन्नु बौद्धिकहरुको अबौद्धिक तर्क रहेको प्रधानमन्त्रीले बताए बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्रीले कसैको सिद्धान्तबारे सुन्दैमा त्यही सिद्धान्त अनुशरण गरेको भन्न नमिल्ने बताए ।
‘हिजो मेरो कुरा सुन्नु भयो होला, महात्मा गान्धीको विचारबारे लामो बोलेँको थिएँ, मैले माहात्मा गान्धीको विचारबारे बोलेँ भन्दैमा उनकै विचार लागू हुन्छ त ? नेकपाको आफ्नै सिद्धान्त र विचार छ ।
हामीले कसैको कुरा भन्दैमा त्यसको विचार अँगाल्ने भन्ने हुँदैन । वौद्धिकहरुले अबौद्धिक तर्क गरेका मात्रै हुन् । ओलीले अगाडी भने चिनियाँ प्रधानमन्त्री सी जिनपिङको नेपाल भ्रमण आपसी मित्रतालाई बलियो बनाउनमा केन्द्रीत रहनेछ।
उनले सरकारले छिमेकीसँग सन्बन्धलाई उच्च प्राथमिकतामा साथ अघि बढाउन चाहेको पनि सो क्रममा बोलाए ।उनले नेपाल र चीनको आ–आफ्नै मौलिक सिद्धान्त रहेको पनि बताए ।

