प्रधानमन्त्री देउवा को पुत्ला जलाउदै घोर बिरोद ,,
डडेल्धुरा । प्रदेशको राजधानी कैलालीको धनगढीमा तोकेको विरोधमा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका स्थानीयले उनको पुत्ला जलायाका छन् ।
पटक – पटक निर्वाचित देउवाले गृह जिल्ला डडेल्धुराको अपमान गरेर कैलालीमा प्रदेश नम्बर ७ को राजधानी घोषणा गरेको विरोधमा डडेल्धुरा सदरमुकाम बस पार्क पीपल चौतारा नजिक प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका छन् ।
पटक पटक जनताले भोट हालेर जितायाका र धेरै पटक सम्म प्रधानमन्त्री भयका देउबाले आफ्नै जिल्लामा राजधानी तोक्नुको सट्टा धनगढी मा तोक्नुले आफ्नै जिल्ला को र जनताको अपमान भयको भन्दै नारा लागयाका छन्
पुत्ला जलाय पछि भीमद चोकमा आयोजित कोण सभामा उधोग बाणिज्य संघका केन्द्रीय सदस्य प्रकाश साउदले अबको आन्दोलन प्रदेश नम्बर ७ का पहाडी जिल्लाको बेग्लै आन्दोलन र एकदमै कडा रुपले तय हुने बताए ।
देउबा आफ्नो जिल्लाबाट निरन्तर ३० बर्ष सम्म जित हासिल गरेका छन् आब जनताको माझ आय देउवालाई जुत्ता प्रहार गर्ने चेतावनी दिए ।
साथै डडेल्धुरामा राजधानी न तोकिय आन्दोलन झन् जटिल बनाउने जानकारी दियका छन् । ।