मन परेसी ,
माघ १७ ,काठमान्डौ – चलचित्र मन परेसीको सुभमुहारत गरिएको छ । ,श्रीपञ्चमीको अवसर पारेर राजधानीस्थित भद्रकाली मन्दिरमा मन परेसीको मुहूर्त गरिएको हो।
कार्यक्रममा फिल्मकी अभिनेत्री पूजा शर्मा, अभिनेताद्वय आकाश श्रेष्ठ र रवीन्द्र झा, डेब्यु अनुहार मोनालिसा खतिवडा, प्रस्तुतकर्ता रघु परियार, लेखक तथा निर्देशक रूपेश थिङ तामाङ र वितरक करण श्रेष्ठसहित युनिटको उपस्थिति रहेको थियो।
चलचित्र क्षेत्रमा आकाश र पुजाको जोडी रामकहानी चलचित्रबाट अगाडी देखिएको थियो । यो जोडीलाई दर्शकले निकै रुचाउने गरेका छन्।
,मेडिया एन्ड मुभिज प्रालि र जुना फिल्म्सको संयुक्त ब्यानरमा निर्माण फिल्मको छायांकन सेड्युल ४० दिनको राखिएको छ।
चलचित्र मन परेसी आउँदो आईतबारबाट छायांकन हुने छ ,चलचित्र लभस्टोरी एक्सन रुपमा निर्माण हुने निर्देशक रूपेश थिङ तामाङले बताए ।
अमृत थिङ तामाङ फिल्मको कार्यकारी निर्माता र दिनेश शाही र चक्र पाख्रिन तामाङ निर्माता रहेको फिल्ममा भुवनराज जोशी, कृष्ण परियार, ज्ञानुप्रसाद खनाल र प्रेमबहादुर घर्ती सहनिर्मातामा छन्।
फिल्मको कथा निर्देशक तामाङ आफैंले लेखेका हुन् भने उनलाई संवादमा सञ्जोग राणाले सघाएका छन्।
हरि घले लामाले चलचित्रलाई खिच्ने छन् भने राजु तामाङको द्वन्द्व र रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ।
चलचित्रमा बुद्धि तामाङ, रवीन्द्र झा, शिशिर राणा, किरण श्रेष्ठ, लक्ष्मण श्रेष्ठलगायतका कलाकारको पनि अभिनय रहनेछ।