कोरोनाको संक्रमण लागे १११५ मा फोन गर्नुहोस्,

फागुन ३० ,काठमान्डौ – विश्वभरिनै महामारी फैलीरहेको कोरोना संक्रमण नेपालमा फैलिननदिए नेपाल सरकारले पनि उच्च सतर्कता अप्नाईरहेको छ ।

विभिन्न देशमा उडान रोक देखि सिमानाकामा हेल्थ डेस्क विभिन्न जिल्लामा आईसोलेसन वार्ड तयार परेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

तेस्तै कुनै पनि व्यक्तिमा कोरोनाका संक्रमण देखिएमा १११५ मा फोन गर्न सरकारले हट लाईनको वेवास्था गरेको छ ।

lekbesi

कुई पनि व्याक्तिमा रुघाखोकी र ज्वरोसँगै छाती दुखने समस्या देखापरेमा तुरुन्त १११५ नम्बरमा फोन गर्दा परामर्श लिनसके छ ।

तेस्तै टोल फ्रि नम्बर १६६००१९७००० समेत फोन गरेर यो संक्रमणबारे परार्मश लिन सकिन्छ ।

शुक्रबारदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गन इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले परामर्शका लागि टेलिफोन नम्बरको व्यवस्था गरेको हो ।

कोरोना (कोभिड–१९)भाइरस संक्रमणबारे जानकारी दिनका लागि शुक्रबारदेखि कल सेन्टर सञ्चालनमा ल्याएको इपिडिमियोलोजी तथा रोग नियन्त्रयण महाशाखाले जनाएको छ ।