Gold
Bangad salyan

कांग्रेस कार्यकर्ताले भत्काईदिए भारतले नेपालि भूमिमा गाडेका सीमास्तम्भ ,

चैत २ ,काठमान्डौ – नेपाल -भारत सहायक सीमास्तम्भ भन्दै नेपालि भुमि कञ्चनपुर बेल्डाँडी गाउँपालिकामा नेपालि कांग्रेसका नेता कार्यकर्ताले भत्काईदिएका छन् ।

उक्त सीमास्तम्भ केही दिनअघि नेपाल-भारत संयुक्त सर्भे टोलीले बेल्डाँडी गाउँपालिका वडा नम्बर ३ वैवाहमा सहायक सीमास्तम्भ ७८३/४ निर्माण गरिएको थियो।शनिबार कांग्रेसका नेता कार्यकर्ताले सहायक सीमास्तम्भ तोडफोड गरेका हुन्।

नेपालको भूमिमा भारतले विभिन्न वहानामा मिच्ने ,सीमास्तम्भ खडा गर्ने जस्ता कार्य गर्नेगरेरा नेपालिलाई दुख:दिने गरेको भन्दै कांग्रेस कार्यकर्ताले सीमास्तम्भ तोडफोड गरेको शशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक वीरसिंह साहुले जानकारी दिए ।

उक्त सीमास्तम्भ जोर–बिजोरका आधारमा नेपाली पक्षले नै बिजोर भएकाले निर्माण गरेका थिए कांग्रेस कार्यकर्ताले तोडफोड गरेको शाहले बताए।

दक्षिण क्षेत्रमा केही दिनयता सीमा विवादको विषय छलफलको विषयभन्दा सर्भे टोलीलाई काम गर्न पनि असहज भइरहेको शाहुले बताए।

तत्कालीन संविधानसभाका सदस्य बहादुरसिंह थापा, दिवान विष्ट र कांग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी सीमास्तम्भ गाडिएको क्षेत्रमा पुगेका थिए।

केही महिनाअघि सीमावर्ती भारतीय बजार बनबासामा बसेको संयुक्त सीमा सर्भे टोलीले कैलालीको खङ्ग्रौलाबाट कञ्चनपुरको ब्रह्मदेवसम्मको सीमास्तम्भ पुनःनिर्माणदेखि व्यवस्थापन गर्न बैठक डाकेको थियो।