कोरोना आसंका लागे ११८० मा कल गर्नुहोस ,
चैत ८ ,काठमान्डौ – कोरोना आसंका लागे ११८० मा कल गर्न सकिने काठमान्डौ माहानगरपालिकाले बताएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या शुन्दर शाक्यले कसैलाई कोरोना सङ्क्रमणको आशङ्का भएमा टोल फ्रि नं ११८० मा खबर गर्न अनुरोध गरेका छन् ।
प्रमुख शाक्यले विज्ञप्ति जारी गरी काठमान्डौ महानगरपालिकाको सहयोगमा सञ्चालित एम्बुलेन्स सेवा १०२ तथा महानगरको टोल फ्रि नं ११८० मा खबर तथा सूचना दिन अनुरोध गरेका हुन् ।
कोरोनाबाट सबै बच्न आवश्यक रहेको भन्दै घोडेजात्रा, सेतो मछिन्द्रनाथको रथयात्रा लगायतका जात्रा पर्व नमनाउन पनि शाक्यले आग्रह गरेका छन् ।
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोभिड,१९ को सन्त्रास रहेको र त्यो सन्त्रासबाट जोगिन सजगता अपनाउन सबैसँग अपिल गरेका छन् ।

