पटनामा भर्ना भएका नेपालीमा कोरोना संक्रमण देखिएको छैन ,
भारतीय टेलिभिजन भन्छन कोरोना संक्रमण हो ,
चैत ९ ,काठमान्डौ – वीरगञ्जका एक जना व्यापारीमाथि कोरोना संक्रमणको पुस्टि भएको भन्दै नेपालभरी अनलाईनले समाचार लेखेका छन् ।
कोरोना संक्रमण जस्तै लक्षण देखिएको हुनाले उनलाई पटना अस्पतालमा भर्ना गरिएको तर ति व्याक्तिमा कोरोना संक्रमण पुस्टि नभएको अस्पतालले जानकारी गरेको छ ।
उनको उपचार जारि रहेको र केहि रिपोर्ट आउन बाँकीनै रहेको पटना मेडिकल कलेज, बिहारका प्रिन्सिपल प्रा. डा.विद्यापति चौधरीले बताएका छन् ।
उनको रिपोर्ट नेशनल इस्टिच्यूट अफ भाइरलोजी, पुनेमा पठाएको र आउन बाँकी रहेको हुनाले अहिले नै कोरोना हो भन्न नसकिने उनले बताएका छन् ।
वीरगञ्जका ति व्याक्ति २२ फेब्रुअरी भारतमा एक विवाह समारोहमा सहभागी हुन गएका थिए र एक सातामा फर्किएका थिए ।
फर्कीए लगतै उनीमाथि रूघा खोकी र ज्वरो देखिएपछि कोरोना भाइरस संक्रमणको आशंका गर्दै भारतको पटना पठाइएको थियो ।
ति व्याक्ति किड्नीको बिरामी रहेकोपनि बताईएको छ । भारतीय टेलिभिजनले भने ति व्याक्तिमा कोरोनाको संक्रमण भएको पुस्टि गरेका छन् ।
पटनामा भर्ना भएका ति व्याक्तिका १३ सदस्य छन् ति सबैलाई आइसोलेटेड गर्न लागिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् ।

