Gold
Bangad salyan

नवलपरासीमा शुभेच्छा बचत ऋण सहकारी संस्था द्वारा सेवाग्राहीलाई मास्क वितरण,

१० चैत्र,नवलपरासी पश्चिम -नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका वडा नं.-७ गूठी सूर्यपुरामा रहेको शुभेच्छा बचत ऋण सहकारी संस्थाले मास्क वितरण गरेको छ ।

विश्वव्यापि रुपमा फैलिरहेको काेरोना भाईरसले जनसमुदायमा निकै त्रसित भएको बेला सहकारीले जनचेतना सँगसँगै सुरक्षित रहन मास्क वितरण गरेको छ ।

कोरोनाबाट सबैलाई सचेत रहन अाग्रह गर्दै , हामी पनि बचऔ अरुलाई पनि बचाऔ भन्दै बजारहरूमा मास्क नपाएको हुनाले शुभेच्छा बचत ऋण सहकारी संस्थाले आफ्नो अफिसमा आउने सबै सेवाग्राहीहरूलाई मास्क वितरण गरिरहेको संस्थाका ब्यवस्थापक दिनेश कुमार कुर्मीले बताएका छन ।

यतिबेला नेपाल भारत सिमा बन्द लगायत विभिन्न ठाउँमा पसलहरु बन्द अवस्था रहेको देखिन्छ ।

अंगद यादव / नवलपरासी पश्चिम,