रास्ट्रिय भिटामिन ए कार्यक्रम स्थगन ,
चैत २३ ,काठमान्डौ – कोभिड १९ का कारण आउँदो वैशाख ६ र ७ गतेका लागि तय गरिएको ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अनिश्चितकालसम्मका लागि स्थगित भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी रूप लिइरहेको कोरोनाप्रति सतर्कता अपनाउँदै निर्धारित कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
महामारीको विषम परिस्थितिमा देशले सामना गरिरहेको अवस्थामा सो संग सबन्धित गतिबिधि बाहेक अन्य कार्यक्रम बन्द रहेको हुनाले हालको समस्या समाधान नभएसम्म राष्ट्रिय भिटामिन ए कार्यक्रम बन्द गरिएको हो ।
साथै सो जानकारी ७ वटै प्रदेश र ७५३ वटै स्थानीय तहहरुमा जानकारी गराउन आवस्यक रहेकोमा सहयोग गर्नपनि मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।


