जनप्रतिनिधिबीच कुटाकुट वडाअध्यक्षको हात भाँच्चियो,
वैशाख ४ ,काठमान्डौ – कोभिड १९ रोकथाम तथा नियन्त्रण लकडाउनको बेला स्याङ्जाका जनप्रतिनिधि बीच कुटाकुटा हुँदा एक जनाको हात भाँच्चिएको छ ।
बुधबार साँझ वालिङ ,१३ बयाँटारीस्थित जंगल रेष्टुरेण्टमा जिल्ला समन्वय समिति स्याङ्जाका उपप्रमुख दिलीपकुमार बगाले र वालिङ नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अनन्तराज गैरेबीच कुटाकुट भएको घटना सार्वजनिक भएको हो ।
कुटाकुटबाट वडा अध्यक्ष गैरेको बायाँ हात भाँच्चिएको छ उनको अहिले पोखरास्थित फेवासिटि अस्पतालमा उपचार भईरहेको छ ।
बिहिबार बिहान मात्र नेकपा वालिङ नगर कमिटीका अध्यक्ष राजेन्द्र डुम्रे छिमेकी धन पराजुलीले उपचारका लागि पोखरा लगेका थिए ।
जिल्ला समन्वय उपप्रमुख दिलीपकुमार बगालेले भने आफुसंग गैरेको भनाभन मात्र भएको कुटपिटबारे आफुलाई केहि जानकारी नभएको बताए ।
आफु संगै रहेकाले कुटपिट गरेको हुनसक्ने बताएपनि प्रतक्षदर्शी धनबहादुर मल्लका अनुसार कुटपिटमा समन्वय उप–प्रमुखको संलग्न रहेको बताए ।
उनले घटना घटेको समयमा व्यवसायीद्वय नमलाल डुम्रे र अर्जुन खनाल पनि सँगै रहेको बताए । उनले अनुसार कुटपिटमा बगाले र डुम्रेको संलग्नता रहेको बताए ।
जिल्ला समन्वय उपप्रमुखका विरुद्ध किटानी जाहेरी परेको र घटनाम संलग्नलाई कारवाहीको माग गर्दै वडा प्रहरी कार्यालयमा जाहेरी परेको वडा प्रहरी कार्यालय वालिङका प्रमुख इन्सपेक्टर निरञ्जन घिमिरेले बताए ।
उनका अनुसार आवस्यक अनुसन्धान भईरहेको छ ।घटनामा संलग्न भनिएका उपप्रमुख बगाले र वडा अध्यक्ष गैरे स्थानीय निर्वाचनमा एउटै वडाबाट निर्वाचित जनप्रतिनिधि हुन् ।
तत्कालीन अवस्थामा उनीहरु नेकपा (एमाले) का तर्फबाट उम्मेदवार थिए । बगाले वडा सदस्य निर्वाचित पछि जिल्ला समन्वय उप–प्रमुखमा निर्वाचित भएका हुन् ।
कालीगण्डकी गाउँपालिका कोरोना संक्रमणको अनुगमन गरेर फर्केका बगाले गैरे किन त्यहाँ पुगेको भन्ने बारे अहिले सम्म खुलेको छैन ।
बगालेलाई गैरेले सरकारी गाडी दुरुपयोगको आरोप लगाएपछि विवाद उत्कर्षमा पुगी कुटाकुटको अवस्था निम्तिएको प्रतक्षदर्शी धनबहादुर मल्लले जानकारी दिए।

