भरतपुरमा दुई व्यक्तिको पीसीआर परीक्षण पोजिटिभ,
वैशाख ५ ,चितवन – भरतपुर चितवनको आईसोलेसनमा रहेका दुई जनामा कोरोना संक्रमण देखिएको छ ।
भरतपुरको प्रयोगशालामा पिसीआर गर्दा पनि उनीहरुको रिपोर्ट पोजेटिभ देखिएको हो । ति ब्याक्ति केहि महिना अगाडी विदेशबाट आएका थिए ।
बिहिबार अस्पतालले ३६ वटा नमुना संकलन गरि प्रयोगशालामा पठाएको जसमा ३१ वटाको रिपोर्ट आएको थियो । ति सबै नेगेटिभ आएको आस्पतालले बताएको छ ।
थप ५ वटा रिपोर्ट पछि आएको र दुई वटा पोजेटिभ देखिएपछि थप परिक्षनको लागि अस्पतालले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमान्डौमा पठाउने तयारि गरेको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले बताए।
जिल्ला स्वास्थ्य कार्यालयले विदेशबाट फर्केर १७ दिन होम क्वारेन्टाइनमा बसेकाहरूको आरडीटी सुरु गरेको छ।
भरतपुर अस्पतालले फागुन १८ गते देखि कोरोना उपचारका लागि पाँच शैयाको आइसोलेसन वार्ड बनाएको थियो।हाल आइसोलेसन वार्ड ३० शैयाको रहेको छ भने अस्पतालले हाल सम्म २१४ जनाको स्वाब परीक्षण गरेको छ।

