Gold
Bangad salyan

स्थायी कमिटिको बैठक माग गर्दै ओली प्रचण्डलाई २० नेताको पत्र ,

वैशाख १० ,काठमान्डौ – स्थायी कमिटीको बैठक माग गर्दै नेकपाका २० स्थायी कमिटी सदस्यले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाललाई पत्र बुझाएका छन् ।

सरकारले ल्याएको अध्यादेश र कोरोना संक्रमणको विषयमा छलफल गर्न माग गर्दै बैठक बोलाउन माग गरेका हुन् ।

पत्रमा स्थायी कमिटीसदस्यहरु अष्टलक्ष्मी शाक्य, गणेश साह, गोकर्ण बिष्ट, चक्रपाणी खनाल, जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, पम्फा भुसाल, बेदुराम भुसाल, भीमप्रसाद आचार्य, भीमबहादुर रावल, मणिचन्द्र थापा, मातृकाप्रसाद यादव, मुकुन्द न्यौपाने, युवराज ज्ञवाली, रघुजी पन्त, लिलामणी पोखरेल, सुरेन्द्रप्रसाद पाण्डे र हरिबोलप्रसाद गजुरेलले हस्ताक्षर गरेका छन्।

पत्रमा लेखिएको छ संसार भरि मानव जीवनमा गम्भिर खतरा सिर्जना खतरा कोरोना संक्रमण नेपालले पनि सामना गार्नु परेको छ ।

अझै कति गर्न पर्ने हो यसको चिन्ता रहेको बेला सरकारले पार्टीमा कुनै छलफल नगरी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र संवैधानिक परिषद् (काम, कर्तब्य र अधिकार) सम्बन्धी ऐन, २०६६ मा संशोधन गरी अध्यादेश जारी गरिएको र यसले राष्ट्रका सामु उपस्थित मूल समस्या समाधान गर्ने जिम्मेवारीबाट ध्यान अनावश्यक विषयमा अन्यत्र मोडिनसक्ने देखिएको भन्दै छलफलका लागि सदस्यहरुले बैठक माग गरेका हुन्।

यस्तो संसोधनले राजनीतिक दललाई पुन :अराजक ,अस्थिर ,र सत्ताको फोहोरी खेल तथा रास्ट्र हित विपरित स्वस्धिनता र स्वाभिमानमा आँच पुग्ने पुरानै स्थितितार्फा धकेल्ने चिन्तित हुनुपर्ने भएको हुनाले बैठकको माग गरिएको पत्रमा उल्लेख छ।