Gold
Bangad salyan

आजको मौसम केहि स्थानमा मेघगर्जन सहित चट्याङ्ग,

वैशाख २१ काठमान्डौ – आजको मौसम पूर्वानुमान महाशाखाले देशका विभिनन भाग देखि पहाडी भू–भागमा सामान्य बदली रहि बाँकी भू–भागमा आंशिक वदली भइरहेको बताएको छ ।

हाल नेपालमा पश्चिमि वायुको प्रभाव र स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव भइरहेको महाशाखाले जनाएको छ ।

साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको महाशाखाले जनाएको हो ।

यस्तै आइतबार दिउँसो देशको अधिकांश भू–भागमा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति भने देशको अधिकांश भू,भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका केहि स्थान र पूर्वी भू,भागका केहि स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको शाखाले जनाएको हो।