प्रधानमन्त्री प्रचण्ड बीच वालुवाटारमा भेटवार्ता ,
वैशाख २७ ,काठमान्डौ – प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
पार्टीका नेताहरुको माग अनुसार स्थायी समिति बैठक,सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट लगायतका विषयमा छलफल भएको बुझिएको वालुवाटार श्रोतले बताएको छ ।
गत २५ गतेलाई बस्ने भनेको स्थायी कमिटिको बैठक २४ गते अन्तिम अवस्थामा पुगेरपनि स्थगित भएको थियो ।
नेकपाका २० स्थायी समिति सदस्यहरुले बैठकको माग सहित प्रधानमन्त्री प्रचण्डलाई पत्र बुझाएका छन् ।
२५ गते बैठक बस्ने मिति तय गरिएपनि प्रधानमन्त्री ओलीको आलटालले बैठक स्थगित भएको थियो ।
आन्तरिक छलफल गृहकार्य बाँकी रहेको कारणले अबको केहिदिनमा बैठक बस्ने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरुलाई आस्पसन दिएका थिए ।
यसअघि नेकपाका माग बमोजिम बैठकको मिति निर्धारण भएपनि ओलीको अनिच्छाका कारण बैशाख २५ गतेलाई तय बैठक २४ गते अन्तिम अवस्थामा गएर स्थगित भएको थियो ।

