Gold
Bangad salyan

क्वारेईनटाईनमा महिलाले जन्माईन जुम्ल्याहा बच्चा ,

वैशाख २७ ,दाङ्ग – तुलसीपुरको क्वारेन्टिनमा बसेकी एक महिलाले जुम्ल्याहा छोरी जन्माएकी छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फूलवारी निवासी ४० वर्षीया अनिता यादवले शुक्रबार राति जुम्ल्याहा सन्तानको जन्म दिएकी हुन्।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उनको डेलिभरी भएको अस्पतालकी मेडिकल अधिकृत डा। लिजा पुरीले बताईन ।

दुबै बच्चा र आमालाई शनिबार बिहान १० बजेतिर नजिकै रहेको तुलसी बाल हस्पिटलको आइसियूमा राखिएको छ।

प्रादेशिक अस्पतालमा आईसीयु सेवा उपलब्ध नभएको हुनाले उनीहरुलाई निजी हस्पिटलमा राखीएको तुलसीपुर उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका निरीक्षक विमल केसीले जानकारी दिए।

तुलसी बाल हस्पिटलका सञ्चालक समेत रहेका बालरोग विशेषज्ञ डा। किशोर खत्रीले उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने भएका छन्।

तेस्तै खानामा लागेको खर्च परिवारका सदस्यहरुलाई खानपिनको व्यवस्थापन सुत्केरीलाई आवस्यक पर्ने ब्लडको उपमाहानगरपालिकाले व्यवस्था गरेको छ दुबै बच्चामा अक्सिजन र सुगरको मात्रा कम रहेको हुँदा आइसियूमा राखेर उपचार भइरहेको बालरोग विशेषज्ञ डा. खत्रीले जानकारी दिए।

सुत्केरी आमालाई पनि रगत चढाइरहेको र कम्तिमा अझै दुईहप्ता उनीहरुलाई भर्ना गर्नुपर्ने उनले बताए।

अनिता यादव चार दिन जति पैदल हिँडेरै दुई दिन अगाडि वैशाख २५ गते तुलसीपुरको फूलवारीस्थित घर आएकी थिइन्।

उनी ४/५ महिना अगाडि जिल्लाको राजपुर गाउँपालिकाको भौका नाकास्थित माइतीमा गएकी थिइन्।

जंगलै जंगलको पैदल यात्रा गर्नु पर्छ। गर्भवती यादव एक्लै र भोकभोकै तीन–चार दिन लगाएर सुत्केरी हुन फूलबारीस्थित घर आएकी थिइन्।साथमा आफूलाई आवश्यक पर्ने कपडाको पोको पनि सँगै बोकेर आएकी थिइन्।

पहाड र जंगलको कठिन यात्रा गर्दै फूलबारीस्थित घर आइपुगेकी अनितालाई घर परिवारले भने घरभित्रै प्रवेश गर्न दिएनन्। अनितालाई छिमेकी देश भारतबाट आएको भन्ने आरोप लगाइयो।

कोभिड–१९ कोराना भाइरसको त्रासकै कारण घर परिवारले उनलाई घरभित्रै प्रवेश गर्न दिएनन्।गाउँलेहरूले पनि इन्डियाबाट आएकी भनेपछि झस्किए।

अनिताका पति २४ सै घन्टा मदिरा सेवन गर्छन्। गर्भवती महिला इण्डियाबाट हिँडेरै आएको भन्ने खबर स्थानीयले प्रहरीमा गरेर खबर तुलसीपुर उपमहनगरपालिकामा पुग्यो।

गाडी लगेर अनितालाई बिहीबार बेलुकी ५ बजेतिर फूलबारीबाट तुलसीपुर–४ स्थित रक्षाचौर माविको क्वारेन्टिनमा लगेर राखियो।

त्यहाँ बसेको दोस्रो दिन शुक्रबार बिहान अनितालाई व्यथाले च्याप्न थाल्यो। हतार हतार अनिताको आरडिटी टेष्ट गरियो।

परिणाम नेगेटिभ देखियो। त्यसपछि उनलाई क्वारेन्टिनबाट तुलसीपुरस्थित प्रादेशिक अस्पताल बिहान ११ बजेतिर ल्याइयो।

अवस्था जटिल हुन सक्ने भन्दै बाहिरी जिल्ला लैजाने तयारी गर्न मेयर घनश्याम पाण्डले निर्देशन दिइसकेका थिए। तर, अनिताको नर्मल डेलिभरी भयो।सेतोपाटीबाट ,