Gold
Bangad salyan

नेकपाले बोलायो स्थायी कमिटि बैठक ,

वैशाख ३० ,काठमान्डौ – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले बुधबारका लागि स्थायी कमिटि बैठक बोलाएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक बोलाइएको एक नेताले जानकारी दिए ।

२५ गते बस्ने भनेको स्थायी कमिटि बैठक केहि आन्तरिक गृहकार्यका कारण रोकीएको बताईएको थियो ।

वैठक माग गर्दै नेकपाका २० जना स्थायी कमिटी सदस्यले अध्यक्षद्वयलाई लिखित पत्र यो अघिनै पठाईसकेका छन् ।