Gold
Bangad salyan

नवलपरासी पश्चिममा आगलागी, चौपाया सहित ठुलो धनजनको क्षति,

जेठ १७ ,नवलपरासी पश्चिम – जिल्लाको प्रतापपुर गाउपालिका ३ कुटिटाेला बस्ने सुदामा धाेबिकाे घरमा गएराति आगलागी भएकाे छ ।

एकैठाउमा घर गाेठसमेत रहेकाेेमा राति आगलागी भएकाे ईलाका प्रहरी कार्यालय सेमरीका अई फाैजदार यादवले जानकारी दिए।

आगलागीबाट अन्नपात, लत्ताकपडा, घर लगायतका सम्पुर्ण सामान पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यस्तै गोठमा रहेका पाडा पाडी भैंसी चौपाया समेत जलेका छन् ।

आगलागीकाट ६ लाख ३२हजार बराबरकाे क्षति भएकाे सइ यादवले बताए । राति लामखुट्टे धपाउनकाे लागि गुइठा खर झारपात बालेकाे आगाे सल्केेर आगलागी भएकाे बुझिएको हाे ।

गएराति करिब १ बजेकाे समयमा आगाे लागेपछि घरका परिवारहरुले छिमेकी लाई गुहारेपछि छिमेकी र स्थानीयले राति नै आगाेलाई पानीबाट निभाई नियन्त्रणमा लिएका थिए ।

उता जिल्लाकाे सिमासँग जाेडिएकाेे सुस्ता, प्रतापपुर, सरावल र पाल्हिनन्दन गाउपालिकामा दमकल नहुँदा बर्सेनी आगलागीबाट धनजनकाे ठुलो क्षति हुँदै आईरहेकाे छ ।

आगाे लागेपछि समयमै दमकल पुग्न नसकेपछि यस्ता घटना दिनानु दिन बढदै गईरहेकाे स्थानीयले बताएका छन । बर्सेनि चैत, बैशाख र जेठ महिनामा जिल्लाको धेरै जसो सथानमा आगलागीको घटना बढ्दै गइरहेको देखिन्छ ।

रबिन्द्र यादव -नवलपरासी पश्चिम,