Gold
Bangad salyan

जाजरकोटका युवामा पनि देखियो कोरोना ,

जेठ २३ ,काठमान्डौ – जाजरकोटका एक १९ वर्षीय युवामा पहिलोपटक कोरोना संक्रमणको पुस्टि भएको छ।

सल्यानको कुमाख गाउँपालिकाको क्वारेन्टाइनमा रहेका जाजरकोट भेरी नगरपालिका १० का १९ वर्षीय युवकमा कोरोना पुस्टि भएको हो।

उनि केहि दिन अगाडी भारतबाट आएका थिए। जाजरकोट बारेकोट र कुशे गाउँपालिकामा एक सय २७ जनाको कोरोना पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

बारेकोट र कुशेबाट कोरोनाको पीसीआर परीक्षणका लागि १० दिन अघि १ सय २७ जनाको स्वाब संकलन गरि सुर्खेत पठाईएको थियो ति सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. सुनिल पुनले बताए ।

जिल्लाका अन्य ठाउँबाट स्वाब संकलन गरी पठाइएका 2७८ जनाको रिपोर्ट भने आउन बाँकी छ ।

तेस्तै जाजरकोटका भारतबाट आएका २ हजार ६४ जनाको स्वाब संकलन गर्न बाँकी छ। उनीहरु सबै जिल्लाको विभिन्न क्वारेन्टाइनमा बसेका छन्।