चार दिने शिशुमा पनि कोरोना संक्रमणको पुस्टि ,
जेठ २९ ,काठमान्डौ – बाजुराको बुढीगंगा नगरपालिकामा चार दिनकी शिशुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
स्थानीय धुरालसैन माविको क्वारेन्टिनमा आमासँगै बसेकी ४ दिनकी शिशुमा कोरोना संक्रमण देखिएको सेती प्रादेशिक अस्पताल स्रोतले जनाएको हो ।
गत जेठ १५ गते जन्मलिएकि बालिकाको चौथो दिनमा स्वाब संकलन गरिएको थियो जसमा उनको रिपोर्ट पोजेटिभ आएको थिय।
बिहीबार सुदूरपश्चिम प्रदेशमा २७ जनामा कोरोनाको संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । सुदूरपश्चिममा कुल संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

