Gold
Bangad salyan

विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने नेकपाको निर्णय ,

असार ६ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपाले विदेशी बुहारीले नेपालिसंग बिहेगरेको ७ वर्षपछी मात्र अंगीकृत नागरिकता दिने प्रस्तावको पक्षमा नेकपा सचिवालयले निर्णय गरेको छ।

शनिबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले ७ वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र त्यतिबेला सम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यस अघि विवादित बनेको विदेशी ज्वाईलाईपनि सोहि अनुसार अंगीकृत नागरिकता उपलब्ध गराउने नेकपा महिला सांसदहरुको माग भने अस्वीकृत भएको छ।

बिदेशी बुहारीलाई ७ वर्षमा अंगीकृत नागरिकता उपलब्ध गराउने भन्ने बारेमा भने कांग्रेस र मधेस केन्द्रित दलहरु सहमत छैनन् नेकपाले बहुमतको आधारमा भ एपनि निर्णय गरेर अगाडी बढ्ने बताएको छ ।

विदेशी महिलाले विहे गरेर ७ वर्ष दशेभित्र बसेको पुष्टि भएपछि आफ्नो विदेशमा नागरकिता वा त्यस्तै प्रमाणपत्र लिएको भए त्यसलाई परित्याग गर्ने कारबाही चलाएको प्रमाण पेश गरेपछि सम्बन्धित व्यक्तिले वैवाहिक अंगीकृत नागरिकताका प्राप्त गर्नु उपयुक्त हुन्छ भन्ने निष्कर्ष निकालेको श्रेष्ठले बता।

शुक्रबार राज्य व्यवस्था समितिमा रहेका पार्टी सांसदहरुसँग छलफल भएपछि सचिवालय बैठक बोलाईएको थियो।

संसदमा नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार साँझ प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिमा पार्टीका तर्पबाट प्रतिनिधित्व गर्ने सदस्यहरूसँग छलफल गरेका थिए ।

उक्त बैठकमा सांसदहरूले आफ्ना धारणा राख्नुका साथै समितिमा प्रस्तावित व्यवस्थाबारे जानकारी गराएका थिए ।

नेकपाका सांसदहरूले वैवाहिक अंगीकृत नागरिकता विवाह गरेको ७ वर्षपछि बनाउनुपर्ने बताउँदै आएपनि पार्टी नेतृत्वले निर्णय गर्न सकेको थिएन ।

असार ३ गतेको राज्यव्यवस्था समितिको बैठकमा गृहमन्त्री रामबहादुर थापाले उक्त विषयमा निर्णय गर्नका लागि समय मागेका थिए । समितिले ५ दिनको समय दिएर सहमति जुटाउन सरकारलाई निर्देशन दिएको थियो ।