Gold
Bangad salyan

दुवैबाट फर्केका गर्भवती महिलालाई मुग्लिममा प्रशाशनको दुर्व्यवहार हिजो देखि अहिले पानि समेत दिईएन ,

असार ६ ,काठमान्डौ – हिजो दुवैबाट आएका महिलालाई मुग्लिनमा प्रशाशनले अभद्रव्यवहार गरेको छ।

त्रिभुवन विमानस्थलमा ओर्लीएका १४८ जना नेपालि नागरिकमा ९४ जना महिला गर्भवती छन् ति मध्ये १८ जना गर्भवती महिला र केहि पुरुष मुग्लिन सडकमा छन्।

हिजोदेखि उनीहरुले खाना त के पानि समेत नपाएको बताए। नजिकै रहेको प्रसाशनलाई आफुहरु गर्भवती रहेको र निकै गारो भएको छिट्टै सम्बन्धित स्थानमा पठाईदिन आग्रह गर्दापनि उल्टै प्रशाशनले गालि र नराम्रो शब्द प्रयोग गरेको महिलाहरुले रंग दर्पणलाई बताए।

हामिले हिजो देखि खाना,पानि केहिपनि पाएका छनौ ,बीचबाटोमा सुत्केरी भए के गर्ने कसले जिम्मा लिन्छ सरकारले उद्दार गरे भनेर मात्र हुन्छ सम्बन्धित ठाँउमा पठाउनु पर्यो भन्दा प्रशाशनले मरे को भो त यतै फाल्दिम्ला भनेर समेत बोलेको बसमा सवार महिलाहरु बताउछन।

आफुहरु दुवैबाट कोरोना चेक जाँच गरेर आएको समेत सरकारलाई थाहा छ, तर अझै सम्म उनीहरु बीचबाटोमा अलपत्र छन् ,बसमा सवार रहेका महिला हरु पोखरा ,बाग्लुङ्ग लगायतका लागि हिडेका हुन्।

जसमा कामदार आफैले ४० हजारका दरले टिकट काटेर आएका हुन् ,घर आउन चाहेनेको माल लिस्टमा दुतावासले गर्भवती महिलालाई प्रथामिकतामा राखेको थियो।

गर्भवती महिलाहरु सबै आफ्ना श्रीमान्संगै काम गर्न पुगेका महिलाहरु हुन् तर मिडियामा भने धेरैले दुवैबाट पैसा ल्याउनुपर्नेमा भुडी बोकेर आउने समेत पोस्ट गरेका छन्।

नेपाली समाज नेपालि नागरिक कति सम्म बोल्ने र के गर्ने समेत जान्दैनन् जसले सरकारलाई मात्र हैन आफ्नो छर छिमेकलाई कति असजः बनाएको छ भन्ने सजिलै अनुमान लगाउन सकिन्छ जसको राज्यले कुनै निगरानी कारबाही गर्दैन।