Gold
Bangad salyan

वलपरासी पश्चिमको सुनवल नगरपालिकामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि

असार ७ ,नवलपरासी पश्चिम – नवलपरासी पश्चिममा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यी २१ जना सुनवल नगरपालिकाका बासिन्दा रहेका छन । यो सहित जिल्लामा कोरोना पोजेटिभको संख्या कुल ७२ पुगेको छ ।

सुनवल नगरपालिकाको क्वारेन्टाइनमा बसेका १२८ जनाको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ पठाइएको थियो ।

जसमध्ये ५२ जनाको रिपोर्ट आउँदा २१ जनाको रिपोर्ट पोजेटिभ भेटिएको जिल्ला स्वास्थ्य कार्यालय परासीले जनाएको छ। संक्रमित मध्ये १६ पुरुष छन् भने ५ महिला छन् ।

कोरोना भाइरस संक्रमण पुष्टि भएका सन्क्रमित मध्ये वडा न १ का ५ महिला र ३ पुरुष गरि ८ जना, वडा ३ का २ जना पुरुष, वडा न ४ का २ जना पुरुष, वडा न ६ का १ जना पुरुष, वडा न ७ का ३ जना पुरुष, वडा न १२ का ३ जना पुरुष र वडा न १३ का २ जना पुरुष गरि जम्मा २१ जना रहेको सुनवल नगरपालिकाका मेयर भिम बहादुर थापा क्षेत्रीले बताए ।

उनका अनुसार संक्रमित सबै भारतबाट आएर वडा स्तरीय सामुदायिक क्वारेन्टाइनमा बसेका थिए ।

संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै सक्रमितलाई नगरपालिकाले वडा नम्बर १ स्थित बाल सिकाइ केन्द्रको भवनमा बनाएको आईसोलेसन सेन्टरमा लैजाने तयारी भैरहेको नगरपालिकाले जनाएको छ ।

रबिन्द्र यादव ,नवलपरासी पश्चिम,