क्वारिनटिनबाट घर फर्कीएका सुर्खेत भेरिगंगा नगरपालिकाका एक युवकको निधन ,
असार ७ ,सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिकामा क्वारेन्टिनबाट घर फर्किएका एक युवाको निधन भएको छ ।
भेरीगंगा नगरपालिका,५ का ३५ वर्षीय युवकको आइतबार बिहान छिन्छुको गणेश मेडिकलमा निधन भएको हो।
ति युवा गत जेठ १६ गते भारतको हिमाञ्चलबाट फर्किएर छिन्चुमा रहेको शारदा माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेर जेठ २९ गते घर गएका थिए ।
आरडीटी परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएपछि युवकलाई होम क्वारेन्टिनमा रहनेगरी घर पठाइएको थियो।
आज बिहान ती युवकलाई एक्कासी झाडापखाला लागेपछि छिन्चुस्थित गणेश मेडिकलमा ल्याइएको र उपचारकै क्रममा उनको डेथ भएको भेरीगंगा नगरपालिका नगर स्वास्थ्य प्रमुख राजेश बुढाले जानकारी दिए ।
उनको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरी प्रदेश अस्पताल वीरेन्द्रनगर पठाइएको छ ।
पीसीआर रिपोर्ट आएपछि उनको अन्तेस्टि गरिने बुढाले बताए । युवकको शव प्रहरीको निगरानीमा मेडिकलमै राखिएको छ ।

