Gold
Bangad salyan

ओलीको समर्थमा सडकमा जम्मा हुने मान्छे जति मैले बसेर चिया पिउदा आउछन ,

असार २४ ,काठमान्डौ – अहिले प्रधानमन्त्री ओलीको बचाउ गर्दै केहि जिल्लामा उनका समर्थखरु सडकमा कुर्लने गरेका छन्।

यस्तै अवस्थामा युवा विश्लेषक दिल निशानी मगरले भनेका छन् ,केपी ओलीको लोकप्रियता देखियो ।,

उनको समर्थक गर्दै सडकमा जम्मा हुने मान्छेहरु भन्दा मैले भृकुटि मण्डपमा बसेर चिया पिउदा जम्मा हुन्छन्।

अहिले नेकपा पार्टी भित्र विवाद बढेको छ ,पार्टीमा केपी ओलीको ज्यादतीलाई पार लगाउने भन्दै नेकपा स्थायी समिति देखि बरिस्ठ नेताहरुले उनको राजिनामा माग गरेका छन्।

ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने उनीहरुको माग छ। ओलीले भने राजिनामा नदिने तर अर्को पार्टी खोल्ने धम्कि दिएका छन् ।

,तर नेकपाका एक नेताका अनुसार ओलीले राजिनामा नदिए अन्य विकल्पको खोजि गरिने समेत बताईएको छ। प्रधानमन्त्री ओलीले पार्टी भित्र बसेर विधिमा नचलेको नेकपाका नेताहरुको भनाई छ।