Gold

जाजरकोटमा पहिरोका कारण ५०० घर परिवार विस्तापित ,

Naumule Migrate

असार २८ ,काठमान्डौ – जाजरकोटको बारेकोटमा पहिरोका कारण ५०० घर परिवार विस्तापित भएका छन्।

जाजरकोट बारेकोट,४ जिरीका ३२ घर, गोठगाउँका आठ घर, मैनागाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।

विस्थापित सबैलाई हिमालय आधारभूत विद्यालय गोठगाउँ र भगवती आधारभूत विद्यालय जिरीमा राखिएको छ।

जाजरकोटमा बाढी पहिरो आउने खोला बढ्ने गरेपछि स्थानीय डराएर कतिपय जंगलमा समेत आश्रय लिएर बसेका छन्।

तेस्तै जाजरकोट बारेकोट ४ सार्कीगाउँमा १२ जना बेपत्ता मध्ये ९ जनाको शव फेला परेको छ। ५२ वर्षीय घरमुली गोपाल सार्की, उनका छोरा ११ वर्षीय अर्जुन, १४ वर्षीया छोरी तिर्खा, २० वर्षीया डिल्ली, कुशे गाउँपालिका ९ कि १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्कीको शव फेला परेको छ ।

त्यस्तै कल्पना सार्की, छ वर्षीय सुभाष सार्कीको पनि आज शव फेला परेको छ । पहिरोमा परेर वेपत्ता हुनेम अझै ३ जना छन् तेस्तै बारेकोट,६ धुमाका २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउनेलाई एक खोलाले बगाएपछि अझै वेपत्त छन्।

बाढी पहिरोमा परेर अलपत्र परेका घर परिवारलाई सबैले उद्दारमा जोड दिन वन तथा वातावरण मन्त्रि शक्ति बाहादुर बस्नेतले जानकारी गरेका छन्।

घाईते र प्रभावित परिवारको लागि हेलिकोप्टर तयारी अवस्थामा रहेको र हिजो वर्षाको कारणले उड्ननसकेको उनले बताए ,आज भने हेलिकोप्टर प्रभावित क्षेत्रमा पठाउने मन्त्रि बस्नेतले जानकारी दिए।

Naumule Badhipahiro