मेयरले आफ्ना छोरालाई ५ लाख घुस लिन पठाएको बेला अख्तियारको फन्दामा ,
असार ३१ ,सिराहा – सिराहाको कल्याणपुर नगरपालिकाका प्रमुख सूर्यनाथ मण्डलले आफ्ना छोरा सन्त मण्डललाई ५ लाख घुस लिन पाठाएको बेला रकमसहित अख्तियारले पक्राउ गरेको छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बर्दिबासबाट खटिएको टोलीले बिहीबार प्रमुखका छोरा सन्त र अर्का एक जना जीतेन्द्र महतोलाई लहान नगरपालिका वडान २२ राजदेवी चोक नजिकबाट पक्राउ गरिएको हो।
मेयर सूर्यनाथ मण्डलले डिपिआरको भुक्तानी गर्नको लागि सेवाग्राहीसँग ५ लाख घुस मागेका थिए।
उक्त रकम लिन छोरा र एक जनालाई पठाएकोमा दुवै जनालाई रंगेहात नियन्त्रणमा लिइएको कार्यालयले जनाएको छ।