Gold
Bangad salyan

धादिङको मौवा खोला पुल बाढीले बगायो घरपनि लग्यो ,

साउन ५ ,काठमान्डौ – भारि अविरल वर्षाका कारण धादिङको सिमानामा पर्ने पृथ्वी राजमार्गको मौवा खोला पुल बगाउदा यातयात अवरुद्द भएको छ भने बाढीले केहि घर समेत क्षति पुर्याएको छ ।

त्यस्तै धादिङको जोगिमारामा खसेको पहिरोले ३ वटा गाडी बगाएको छ भने ४ वटा गाडी पुरेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी रुपक खड्काले जानकारी दिए ।

पुल भासीएर पैदल यात्री समेत हिड्न नमिल्ने भएपछि वैकल्पिक उपाए खोज्नुपर्ने खडकाले बताए।

यस्तै गजुरी गाउँपालिका २ मा पहिरोले ६ घरमा क्षति पुर्याएको छ भने एक जना बेपत्ता छन् ।