१३ गते सम्मका लागि स्थायी समिति बैठक स्थगित ,
साउन ६ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक साउन १३ गते सम्मको लागि स्थगित भएको छ। अहिले मुलुकभर बाढी-पहिरोले नागरिकलाई पिडा दिईरहेको छ ।
यसबेला सबै पीडितको उद्धारका लागि जुट्ने भन्दै बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजि श्रेष्ठले जानकारी दिए।
नेकपाले सरकारलाई समेत राहत र उद्धारमा जुट्न आग्रह गरेको छ। आजको बैठकमा प्रधानमन्त्री ओलिभने उपस्थित थिएनन।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओलीको फोन संवादपछि बैठक १३ गते बिहान ११ बजे सम्मको लागि स्थगित गरिएको श्रेष्ठले बताए।