Gold
Bangad salyan

बिहिबार थपिए १४७ कोरोना संक्रमणका बिरामी ,

साउन ८ ,काठमान्डौ – नेपालमा अपछिल्लो २४ घन्टामा थप १४७ जन नयाँ कोरोना संक्रमणका बिरामी थपिएका छन्।

यो संख्याँ संगै कुल १८ हजार २४१ जना कोरोनाका बिरामी फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेस्वर गौतमले बताए।

उनका अनुसार पछिल्लो अवस्थामा थप १५६ जना डिस्चार भएपछि निको हुनेको संख्या १२ हजार ८४० पुगेको छ।

तेसैगरी हाल सम्म नेपालमा कोरोनाबाट ४३ जनाको मृत्यु भईसकेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ८१ जनाको पिसिआर परीक्षण भएको मन्त्रालयले जनाएको हो ।

त्यस्तै ६ जिल्लाहरु पाँचथर, भोजपुर, संखुवासभा, रसुवा, मनाङ र मुस्ताङ कोरोना मुक्त भएको र हाल सम्मम कुनै संक्रमित फेला नपरेको गौतमले जानकारी दिएका छन् ।