Gold
Bangad salyan

आज थप १३० जना नँया संक्रमित ,हिस्ट्री नभएका १४ जना ,

साउन ११ ,काठमान्डौ – पछिल्लो २४ घन्टामा थप १३० जना नँया कोरोना संक्रमितका बिरामी फेला परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले यो संख्या संगै कुन सम्क्तामितको संख्या १८ हजार ६१३ पुगेको हो।

तेस्तै थप ७५ जनाले कोरोना जितेर डिस्चार्ज भएपछि निको हुनेको संख्या १३ हजार १२८ पुगेको छ।

मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा ३ हजार ३ सय जनाको स्वाब परीक्षण गरेको बताएको छ। तेस्तै पछिल्लो समय कसैको मृत्यु भएको छैन।

अहिले विभिन्न क्वारेईनटाईनमा १७ हजार ९०३ जना रहेका छन् भने सक्रिय संक्रमितको संख्या ५ हजार ४४० जना रहेको मन्त्रालयले जनाएको हो।