काठमान्डौमा पनि कोरोना धेरै छ ,
साउन १३ ,काठमान्डौ – पछिल्लो समय देशका विभिन्न जिल्लासंगै उपत्यकामा पनि कोरोना भाईरसका बिरामी बढ्न थालेका छन्।
पछिल्लो २४ घन्टाको विवरणमा काठमान्डौमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरी उपत्यकामा ५३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा ११, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ९, शिक्षण अस्पतालमा १ प्रहरी अस्पताल प्रयोगशालामा २१ र स्टार अस्पतालमा ६ गरी ४८ जना संक्रमित काठमाडौंमा थपिएका हुन् ।
तेस्तै आज मुलुकभर ३११ जनामा कोरोना फेला परेको स्वास्थ्य मन्त्रालयको मंगलबार आयोजित पत्रकार सम्म्लनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराएका छन्।

