Gold
Bangad salyan

मौसम विज्ञानको बुलेटिन वर्षा सहित चट्याङ्ग कँहा,

साउन २३ ,काठमान्डौ -अहिले देशका विभिन्न स्थानमा भारि वर्षा भईरहेको छ ,जल तथा मौसम विज्ञान विभागले शनिबारको मौसम पूर्वानुमान बुलेटिन जारी गरेको छ।

मनसुनी न्युन चापीय रेखा हाल नेपालभन्दा दक्षिण तर्फ अवस्थित रहेको भन्दै विभागले अहिले प्रदेश २ र प्रदेश ५ मा आंसिक बदलि भई वर्षा भईरहेको बताएको छ ।

तेस्तै हिजोदेखिनै कर्णाली प्रदेश सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा भारि बर्षा भइरहेको जनाएको छ ।

मौसम विज्ञानका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश ,वाग्मती प्रदेश प्रदेश १ आज दिउँसो भारि वर्षाको सम्भावना रहेको बताएको छ।

यस्तै, आज राति देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण वदली रही धेरै स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विभिन्न स्थानमा भारि वर्षासंगै मेघगर्जन, चट्याङ्गको सम्भावना भएपछि सबैले सावधानी अप्नाउन जल तथा मौसमविज्ञानले बताएको हो।

तेस्तै उपत्यकाका विभिन्न स्थानमा अहिले पनि हल्का मध्यम वर्षा भईरहेको विज्ञानले जनाएको छ।