गोंगबु गणेशस्थानमा हत्या भएका पुरुषको अनुसन्धानमा के भन्छ प्रहरी कुकुरले फेलापर्यो हात खुट्टा ,

साउन २५ ,काठमान्डौ – गोंगबुको गणेशस्थान नजिकै हत्या गरि सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ।

हत्या गरेको अवस्थामा फेला परेका पुरुष केही दिनयता सम्पर्कबिहीन भएको पाइएको छ ।

महानगरीय अपराध महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाका अनुसार ति ब्याक्ति केहि दिनअगाडीबाट सम्पर्क विहिन भएको बताए।

,थापाका अनुसार ब्याक्ति पहिचान गर्न अनुसन्धान भईरहेको हुनाले अहिले सबै नखुलाईएको उनले रंग दर्पणलाई बताए।

आइतबार बिहान टोखा नगरपालिका,१० गोङ्गबुमा सुटकेसभित्र टाउको नभएको अवस्थामा शव फेला परेका उनको शव पलास्टिकले बेरेको अवस्थामा फेला परेको थियो।

उनको टाउको ,हात् खुट्टा टुक्रा टुक्रा पारि फालीएको छ ४० देखि ४५ वर्ष अन्दाजी ति पुरुषको टाउकोमा भने कुनै चोट छैन।

अहिले शव पोस्टमापनका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको छ भने घटनाको सुक्ष्म अनुसन्धान भईरहेको छ ।

टाउको बिनाको शव गणेशस्थान नजिकै कालो सुटकेशमा फेला परेको छ भने दुई सय मिटरको दुरीमा टाउको फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी राजकुमार केसीले बताए ।

सडक किनारामा फेला परेको सुटकेसबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा तालिम प्राप्त कुुकुरको प्रयोग गरिएको छ भने ठुलो संख्यामा प्रहरी परिचालन भएको छ ।