Gold
Bangad salyan

आज कोरोना संक्रमित ह्वात्त बढ्यो एकै दिनमा ६३८ जना फेला ,

साउन २७ ,काठमान्डौ – आज नेपालमा ह्वात् कोरोनाका संक्रमित बढेका छन्।

विभिन्न प्रयोगशालामा गरिएको १० हजार ४६२ जनाको स्वाब परिक्षणमा ६३८ जनामा कोरोना भाईरस फेला परेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले जानकारी दिए।

तेस्तै आज उपत्यकामा पनि कोरोना संक्रमित बढेका छन् ,जागेस्वर गौतमका अनुसार काठमाडौंमा ११० ललितपुरमा १६ र भक्तपुरमा ८ जना गरि १३४ जना संक्रमित थपिएका हुन्।

यो संगै नेपालमा आकुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ भने १६ हजार ६६४ जना निको भएर घर फर्केका छन्।

हाल सम्म कोरोनाबाट नेपालमा विभिन्न जिल्लामा गरि ८३ जनाको मृत्यु भईसकेको छ।