पाटन अस्पतालमा दुई जनाको कोरोनाका कारण मृत्यु ,
भदौ ८ ,ललितपुर – पाटन अस्पतालमा कोरोनाका कारण दुई जनाको सोमबार साँझा मृत्यु भएको अस्पतालले विज्ञप्ति मार्फत जानकारी दिएको छ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार सोमबार साँझ काठमाडौं र धनुषाका एक-एक जना गरी दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो।
भदौ ६ गते पाटन अस्पताल भर्ना भएका काठमाडौंका ७४ वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको हो ।
तेस्तै साउन २५ गतेदेखि पाटन अस्पतालमा उपचाररत धनुषाका ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि सोमबार साँझ मृत्यु भएको हो ।


